वि.सं.२०८३ वैशाख १८ शुक्रवार

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ

khanepani

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् ।

उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो ।
नारायणभक्तलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको ब्‍युरोले जनाएको छ ।

नारायणभक्तले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारी सिटिजन्स बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार पेश गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतोले जानकारी दिए ।

ranechhap