काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
मंगलबार देशभरि १०६९ जनामा संक्रमण देखिएको थियो भने ११ जनाको मृत्यु भएको छ।









































