वि.सं.२०८३ असार १५ सोमवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

khanepani

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका-३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्‍दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ ।

उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

२०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर नेपाल ग्लोबल आई.एम.ई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई उक्त सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

ranechhap