30, Apr, 2024

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण, ह्याम्सको आइसोलेसनमा भर्ना

Bagmati Voice
संवाददाता
१५ भाद्र २०७७, सोमबार २१:१८ | ३ साल अगाडी

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ। शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले बताए।

दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो।’

दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।

१५ भाद्र २०७७, सोमबार २१:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading