30, Apr, 2024

सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित,काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Bagmati Voice
संवाददाता
१५ भाद्र २०७७, सोमबार १९:०३ | ३ साल अगाडी

काठमाडौं । सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। यसअघि आइतबारमात्र १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

विगत २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। आजसम्मको मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

१५ भाद्र २०७७, सोमबार १९:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading