18, May, 2024

गायिका इन्दिराले गरिन् इन्गेजमेन्ट

Bagmati Voice
संवाददाता
८ आश्विन २०७८, शुक्रबार ११:५० | २ साल अगाडी

काठमाडौँ । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन् ।

हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर गएका उनीहरुले त्यहाँ इन्गेजमेन्ट गरेका हुन् । शरदले इन्दिरालाई औंठी लगाएको भिडिओ सार्वजनिक भएको छ ।

गायिका इन्दिराले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको हो ।

८ आश्विन २०७८, शुक्रबार ११:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading