वि.सं.२०८२ कात्तिक ३० आइतवार

यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण ,संक्रमित कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी

khanepani

काठमाडौं । यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका तीअधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो ।

काम विशेषले बाहिर जिल्लामा जानुपर्ने भएकाले पीसीआरका लागि स्वाब दिएका ती अधिकारी लगातार विभागमा नियमित हाजिर भएका थिए ।

बिहीबार विदाइ कार्यक्रममा समेत सहभागी भएका उनी अहिले होम आइसोलेसनमा छन् । उनमा कुनै लक्षण भने देखिएको छैन ।

तर, सोमबारबाट विभागमा अधिकारीहरु सबै आइसोलेसनमा बस्नुपर्ने भएकाले विभागको सेवा आंशिक प्रभावित हुने अवस्था आएको महानिर्देशक हमालले बताए ।