वि.सं.२०८३ असार १ सोमवार

नेपालमा थप १,४७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन् ।

ranechhap