वि.सं.२०८३ वैशाख १८ शुक्रवार

रूपन्देहीको लुम्बिनीमा वडा अध्यक्षको मिलेमतोमा अर्कैले बेचिदियो दुई करोड पर्ने गरीबको जग्गा

khanepani

रूपन्देही|रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका-१० का वडाअध्यक्ष रमजान अलि मियाँ र अरू कर्मचारीले एक वृद्धको जग्गा किर्ते गरी अर्कैलाई बेचिदिएको पाइएको छ।

नगरपालिकाको वडा नम्बर १० मधुवनीका ६९ वर्षीय गरीब कोहारले वडाध्यक्ष रमजान अलि मियाँ र कर्मचारीहरू मिलेर किर्ते गरी आफ्नो जग्गा बिक्री गरिदिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

कोहारको नाममा लुम्बिनी सांस्कृतिक नगरपालिका-१० मधुवनीमा कित्ता नम्बर ४८८ मा नौ कठ्ठा एक धुर र कित्ता नम्बर ५०७ मा एक कठ्ठा १६ धुर जग्गा थियो।

गत वर्ष कोहारले रोजगारीको लागि भारतको दिल्ली गएका आफ्ना छोरालाई नेपालमै बोलाएर व्यापार गर्न लगाउने सोच बनाएका थिए। व्यापार गर्न पैसा नभएपछि उनले त्यही जग्गा बैंकमा धितो राखेर ऋण निकाल्ने योजना बनाए।

माघमा उनी चारकिल्ला बनाइदिन भन्दै वडा कार्यालयमा गए। तर वडाध्यक्ष मियाँले चारकिल्ला बनाई दिएनन्।

कोहार भोलिपल्ट स्थानीयलाई लिएर फेरि चार किल्लाको लागि वडा कार्यालयमा पुगे।

‘वडाध्यक्ष मियाँले उल्टै स्थानीयलाई पनि नचिन्ने भन्दै धम्क्याए, त्यो बेला हाम्रो भनाभनसमेत भएको थियो,’ कोहारले सेतोपाटीसँग भने।

गएको साउनमा ग्लोबल आइएमई बैंकका कर्मचारिहरू धितो मूल्याङ्कन गर्न भन्दै उनको जग्गा नापजाँच गर्न आएका थिए। त्यसपछि उनको जग्गा अर्कै मान्छेले आफ्नो बनाएर नापजाँच गरायो भन्ने हल्ला फैलियो।

ranechhap