वि.सं.२०८३ वैशाख २० आइतवार

कोरोना महामारीका कारण बन्द रहेको पर्वतीय उडान पुनः शुरु

khanepani

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको पर्वतीय उडान पुनः शुरु भएको छ । वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी माउण्टेन फ्लाइट गर्दै आएका छन् ।

कोरोना महामारी कम हुँदै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको छ । कम्पनीका अनुसार ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । माउण्टेन फ्लाइटमा ठूलो जहाज (एटीआर) प्रयोग गरिनेछ । सोहीकारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रु सँगैको सिटमा बसेर यात्रा गर्न सक्ने छन् ।

काठमाडौं विमानस्थलबाट करीब एक घण्टाको उडानपछि जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन्छ । यस उडानका दौरान सगरमाथासहित करीब दुई दर्जन मुख्य हिमचुचुरोलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । दशैं नजिकिएसँगै मौसम समेत सफा हुने भएकाले कम्पनीहरुले पर्वतीय उडान थालेका हुन् । उता, यति एयरलाइन्सले समेत पर्वतीय उडान शुरु गर्ने योजना बनाएको छ । कम्पनीले निकट भविष्यमा पुनः उडान थाल्ने तयारी गरिरहेको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

ranechhap