काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा पछिल्लो पटक अनियमितता र भ्रष्टाचार संस्थागत हुर्दै गएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का शाखाहरुको भ्रष्टाचारले केयूकेएल उकालो लाग्नै नसक्ने गरि फसेको समाचार छ । केहि निहित स्वार्थी कर्मचारी र पकेट ठेकेदारहरुको मनलाग्दीले केयूकेएलका आशा लाग्दा शाखा प्रमुखहरु दुंङ दुंङ गनाउन थालेका छन ।
वर्षैसम्म पनि शाखाबाट सरुवा नहुने प्राविधिक कर्मचारीहरु र कर्मचारीको भेषमा ठेकेदार हुने प्रवृत्ति नै केयुकेएलको प्रमुख समस्या रहेको छ । तलदेखि माथिसम्म र साना देखि ठूलासम्मलाई रातारात अमिर हुनुपर्ने समस्याले केयूकेएलको व्यवस्थापन नराम्रोसँग जकडिएको छ । केहि सुधार गरेर जानुपर्छ भन्ने कर्मचारीहरुलाई असहयोगि देख्ने कुरुप आँखाहरुमा बादल लागेसम्म केयूकेएल सुर्धान सगरमाथामै पुगेर महादेवको तपस्या गर्दापनि सम्भव होला जस्तो देखिदैन । दुई चार पैसामा विक्ने मन्त्रीका हुक्के वैठके र बेलुका कुकुरको मुतमा बग्ने र सुन्दरी मोहमा फस्ने शाखा प्रमुख भएसम्म कसरी सुधार होला केयुकेएल । यो केयूकेएल समस्या हो भनेर अलग हुने समय हैन ? यो लखौ लाख राजधानीवासीको पिउने पानीसँग गाँसिएको समस्या हो । त्यसैले यस्ता समस्याहरुको जरो उखेल्नु नै केयुकेएलको न्याय हो र राजधानी वासीको पीउने पानीको संरक्षण हो ।
यत्र तत्र सर्वत्र अनियमितता र भ्रष्टाचारले नाली जस्तै दूर्गन्ध आएको शाखा हो, केयूकेएल महांकालचौर शाखा । जहाँ खानेपानीका भ्रष्टाचारको अनगिन्ती कथाहरु लुकेर बसेका छन । चक्रपथ सुधारका काममा आफ्ना पकेट ठेकेदारलाई प्रोत्साहित गर्दै करोडौ रुपयाँको चलखेलको उजुरी अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा चाङ लागेका छन । यसमा ठेकेदार सापहरु र कार्यालय प्रमुख उमेश मराठ्ठको भनाई वाँजिएको छ । विज्ञापन एजेन्ट, सप्लायर्स, निर्माण ठेकेदारको जिम्मेवारी वहन गर्ने युवा व्यावसायी प्रकाश लामिछाने भन्छन,“ हामीले ठेक्काको १३ प्रतिशत रकम बाडफाँड गरेर काम लिएका हौं । म मात्र ठेकेदार छैन, त्यहाँ अरु ठेकेदारहरु पनि छन । त्यहाँ करिव १६ जना ठेकेदारले काम गरेका हौं ।” तर, शाखा प्रमुख मरठ्ठा भन्छन,“ हामिले टेन्डर गरेका हौं, त्यहाँ अधिकतम विलोमा काम भएको छ । ठेकेदार त पैसा बाँडेर ठेक्का लिएको बताउँछन, त भन्दा उनी थप्छन, “त्यो कुन ठेकेदार हो, उसैलाई सोध्नुस ?”
चक्रपथ सुधारको कामको विषयमा टेण्डर गर्दाकै वखत विवाद हुर्दै आएको देखिएको छ । यसका एकै जना ठेकेदारको मास्टर माइन्डले काम गरेरको आकलन गर्न सकिन्छ ।
त्यस बाहेका वर्षका करोडौ रुपयाँको काम सिआईपीको बजेटबाट गरिन्छ । यसबाट प्राप्त बजेटमा कहि कतैपनि टेण्डर गरेको देखिएको छैन । शाखाका केहि अगुवाहरुको मिलेमतोमा कामको टुक्रा गरेर कोटेशनमा काम गराउने चलन केयुकेएलको परानै चलन हो । यसमा ठेकेदार, हाकिम, लेखा प्रमुख, खरिद प्रमुख, वितरण प्राविधिक सबै मालामाल हुने अचुक अस्त्रलाई सबैले सम्मानजनक पालना गरेको देखिएको छ ।
नयाँ पाइपलाइन, पुरानो र्ममत, सामान खरिद र उपभोक्ता समितिसँग मिलेर गरिने कामको हिस्सा निक्कै डर लाग्दो रहेको समाचार स्रोतको दावी छ ।








































