19, May, 2024

नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

Bagmati Voice
संवाददाता
५ आश्विन २०७८, मंगलवार १३:३२ | २ साल अगाडी

काठमाडौं । आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।

५ आश्विन २०७८, मंगलवार १३:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading