वि.सं.२०८२ माघ ३ शनिवार

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु

khanepani

काठमाडौं । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

उनका अनुसार वृद्धालाई आइतबार बिहान नै भर्ना गरिएको थियो। सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचापकी बिरामी उनलाई अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएको थियो। एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।

उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

यस्तै, ६० वर्षीय पुरुष शनिबार राति ९ बजे भर्ना भएका थिए। उनको बिहान ७:४५ मा मृत्यु भएको सापकोटाले बताए। उनको १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या थियो।