वि.सं.२०८३ असार १२ शुक्रवार

संविधान निर्माणमा ठूलो चुनौती र दबाब भोग्नु पर्‍यो : केपी ओली

khanepani

काठमाडौँ । संविधान दिवसको अवसरमा नेकपा एमालेले एक कार्यक्रम गरी मनाएको छ । पार्टीले ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा एक कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।

कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सम्बोधन गरेका थिए । सम्बोधनमा अध्यक्ष ओलीले नेपालको संविधान जारी गर्नुअघि व्यापक विश्लेषण तथा छलफल भई विदेशी संविधानहरूसँग समेत तुलना गरिएको बताए ।

‘संविधान निर्माण गर्दा हामीले धेरै ठूलो चुनौती र दबाब भोग्नु पर्यो, यसका बावजुद हामीले संविधान जारी गर्न सफल भयौँ,’ उनले भने, ‘देशको सार्वभौम सत्ताभन्दा माथि जनतालाई राखिएको छ ।’

उनले नेपालमा संविधान जारी भएसँगै हिंसाविना आन्दोलन गरी आफ्नो माग पूरा गर्न सक्ने बताए । उनले संविधान गरिब समूहको पक्षमा समेत रहेकाले जनमुखी भएको बताएक थिए ।

‘संविधानमा तीन तहको शासन प्रणाली रहेकाले जनतासम्म सजिलै अधिकार पुगेको छ,’ उनले भने, ‘सिंहदरबार गाउँ–गाउँ पुगेको छ, यसले जनताले सजिलै अधिकारको अनुभूति पाएका छन् ।’

उनले संविधानको मौलिक हकमा ३३ वटा धारा रहेको बताउँदै मानव अधिकारको जगलाई बलियो बनाएको बताए ।

ranechhap