काठमाडौं । नेपाली कांग्रेसका समानुपातीक सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । आज उनले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिएका छन ।
आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उनले उल्लेख गरेका हुन । चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताए ।









































