वि.सं.२०८३ असार १ सोमवार

नेपालमा थप १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , ११ जनाको मृत्यु

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।

ranechhap