वि.सं.२०८३ भदौ ६ शनिवार

कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु ,कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ०७

khanepani

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२ जनाले मृत्यु वरण गरेका छन । कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ०७ पुगेको छ।

विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ। शुक्रवार ९२७ जनामा कोरोना संक्रमण भएको छ ।

ranechhap