वि.सं.२०८३ असार ५ शुक्रवार

साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

khanepani

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिपको आगामी संस्करण अक्टोबरमा माल्दिभ्समा सुरु हुँदैछ । र, त्यसैको तयारी स्वरुप भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली कतारमा अभ्यास गरिरहेको छ ।

अक्टोबर १ तारिखदेखि मालेमा हुने प्रतियोगिताका लागि त्यहाँसँग मिल्दो मौसम भएको कतारमा अभ्यासका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतारमा नेपाली टोलीलाई तयारी गराइरहेका छन् ।

वैशाखमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपपछि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती नागरिक अल्मुताइरीले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने रहेको बताउँदै आएका छन् ।

साफ च्याम्पियनसिपका १२ संस्करण खेलिसकेको नेपालले हालसम्म फाइनल यात्रा तय गर्न सकेको छैन । तर, नेपाललाई पहिलाेपल्ट फाइनलमा पुर्‍याउने दाबी गरिरहेका प्रशिक्षक अब्दुल्लाहले लामो समयदेखि तयारी गरिरहेका छन् । उनकै नेतृत्वमा विश्वकप छनोटका बाँकी खेलसँगै इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेको नेपाली टोलीले साफका लागि पनि असार दोस्रो सातादेखि निरन्तर तयारी गरिरहेको छ ।

गत साता दशरथ रंगशालामा आयोजित भारतविरुद्धका दुई मैत्रीपूर्ण खेल पनि सोही प्रतियोगिताको तयारीका लागि थिए । जसमा आफूभन्दा माथिल्लो स्तरको भारतविरुद्ध नेपालले पहिलो खेलमा १–१ गोलको बराबरी नतिजा निकालेको थियो । तर, दोस्रो खेलमा भने २–१ गोलको नतिजामा पराजित भएको नेपालको गोल स्कोरिङमा समस्या देखिएको थियो । मैत्रीपूर्ण खेलपछि प्रशिक्षक अब्दुल्लाहले पनि स्कोरिङमा देखिएको समस्या स्वीकार्दै गोलका लागि फरक रणनीति अपनाउन सकिने बताएका थिए ।

ranechhap