वि.सं.२०८३ असार ५ शुक्रवार

हामीलाई भेदभाव गरियो , सभामुखमाथि हाम्रो आशंका छ : सुवासचन्द्र नेम्वाङ

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन् ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए ।

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए । उनले भने, ‘हामीलाई भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।’

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए ।

ranechhap