वि.सं.२०८३ वैशाख १७ बिहीवार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा आवत–जावत गर्ने यात्रुहरु अलपत्र

khanepani

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत चिसा खोला नजिक पहिरोले सडक अवरुद्ध बनेको हो ।

राजमार्ग खुलाउने प्रयास भईरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

सडकमा खसेको ठाउँमा हटाउने प्रयास भइरहेपनि माथिल्लो भागबाट पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए ।
सडक डिभिजन कार्यालयका अनुसार सडक अबको केहीबेर पछि खुल्ने गरी काम भईरहेको छ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र अछाम आवत–जावत गर्ने यात्रुहरु अलपत्र परेका छन् ।

ranechhap