वि.सं.२०८२ माघ ३ शनिवार

एकैदिन उपत्यकामा ३७७ जना कोरोनाबाट संक्रमित

khanepani

काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।