काठमाडौं । एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार राजन रौनियार कोरोना संक्रमण भएर उपचार गरिरहेका छन । उनलाई स्वास प्रस्वासमा जटिल समस्या भएको छ । उनको स्वास्थ्यलाई चिन्ता गर्दै जलेश्वर सरार्फले आफ्नो फेसबुक वालमा उपचारको लागि आग्रह गरेरका छन ।
उनले भनेका छन,- ‘उनको उचित उपचारको लागि संबंधित निकायसंग जोडदार माग गर्दछु। उनको उपचारको क्रममा पत्रकार महासंघले खेल्नुपर्ने भुमिकाबाट कतै न कतै चुकेको आभाष पनि भएकोछ। जतिसक्दो चाडो उपचारको पहलहरु थालनी गरि राजन रौनियार जस्ता श्रम(जिवि पत्रकारलाई संभव भएको स्थानमा उपचारको लागि लैजान सम्मपुर्ण संबंधित निकायलाई आग्रह गर्दछु। पत्रकार समाजका अगुवा साथीभाइहरु आज जुन समस्या राजनलाई परेकोछ भोलि तपाईहरुलाई पनि पर्नसक्छ। तसर्थ आफ्आ-फ्नो ठाउबाट पहल जतिसक्दो चाडो थालनी गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको महसुस गरेकोछु’, उनले भनेका छन ।





































