वि.सं.२०८३ जेठ ३० शनिवार

तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

khanepani

एजेन्सी । साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’

प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’ उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले उनको मुलुक अफगान जनताको मद्दत गर्न जारी राख्ने बताएका छन् ।

साउदी अरबका विदेशमन्त्रीले आफूहरुले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्ने बताएका छन् । साउदी अरबका विदेशमन्त्रीले भने, ‘यो मुश्किल समयमा हामी अफगानिस्तानका जनताको साथमा छौं । साउदी अरब अफगानिस्तानलाई संकटबाट निकाल्न हर सम्भव मद्दत गर्नेछ । ’

प्रिन्स फैसलले यो बयान अफगानिस्तानमाथि आयोजित एक भर्चुअल बैठकमा बताएका हुन् । तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेका थिए । यो सरकारमा मुल्ला मोहम्मद हसन अखुंदलाई प्रधानमन्त्री र अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनाइएको छ ।

साउदी अरब र तालिबा

यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला तीन देश साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले अफगानिस्तानमा तालिबान सरकारको वैधतालाई स्विकार गरेको थियो ।

तालिबानले त्यो समयमा ओसामा बिन लादेनको नेतृत्वमा चलिरहेको चरमपन्थी संगठन अल–कायदालाई आश्रय दिएको थियो । यो संगठनलाई सन् २००१ मा अमेरिकामा ९/११ को आतंकवादी हमलाका लागि जिम्मेवार मानिन्छ जसमा केही भवन ध्वस्त भए भने करिब ३ हजारको ज्यान गयो ।

आजको समयमा तालिबान आफूलाई सही अर्थमा ‘अफगानिस्तानको इस्लामी शासक’ को रुपमा हेरिरहेका छ र अन्तर्राष्ट्रिय स्तरमा उसलाई यसै पहिचानसहित स्विकृती मिलोस् भन्ने पनि चाहन्छ ।

ओसामा बिन लादेन र साउदी अरबः

साउदी अरब ओसामा बिन लादेनको आफ्नो देश थियो । अल कायदाका नेता ओसामा बिन लादेनको मृत्युको सात वर्षपछि सन् २०१८ मा उनकी आमाले पहिलो पटक आफ्नो छोराबारे सार्वजनिक रुपमा कुरा गरेकी थिइन् ।

आलिया गानेमले बेलायती पत्रिका ‘द गार्डियन’ को साउदी अरबको जुद्दाहमा स्थित आफ्नो पुर्ख्यौली घरमा अन्तरवार्ता दिएकी थिइन् ।

आलियाले पत्रिकासँगको कुराकानीमा भनेकी थिइन्, ‘मेरो छोरा बाल्यकालमा निकै लज्जित र ‘राम्रो बच्चा’ थियो । तर युनिभर्सिटीमा ‘ब्रेनवास’ गरेर उसको विचार परिवर्तन गरियो ।’

परिवारका अनुसार उनीहरुले अन्तिम पटक सन् १९९९ मा बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए । यो ९/११ को घटनाभन्दा दुई वर्ष अघिको कुरा हो । सुरुमा उनी सोभियत सेनासँग लड्न अफगानिस्तानमा आएका थिए तर सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थी बनिसकेको थियो ।

ranechhap