वि.सं.२०८३ वैशाख १६ बुधवार

काभ्रेस्थित धुलिखेल अस्पतालमा मंगलबार राति भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु

khanepani

भक्तपुर । काभ्रेस्थित धुलिखेल अस्पतालमा मंगलबार राति भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय व्यक्तिको उपचारका क्रममा राति ११ः५५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

आइतबार अस्पताल भर्ना गरिएको उनलाई सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख झाले बताए।

डा. झाका अनुसार संक्रमित व्यक्ति मुटु, थाइराइड, ब्लड प्रेसर लगायतका बिरामी थिए।

योसँगै कोरोना भाइरस संक्रमणबाट काभ्रेमा जिल्लाभित्र र बाहिरका दुई-दुई जनाको मृत्यु भएको छ।

ranechhap