वि.सं.२०८३ वैशाख २० आइतवार

पहिरो हटाउन बुटवल-पाल्पा सडक दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने

khanepani

बुटवल । पहिरो हटाउन सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

ranechhap