वि.सं.२०८३ जेठ ३० शनिवार

गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त, बिहीबारदेखि मन्त्रालयमा नियमित

khanepani

पोखरा । गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सङ्क्रमण मुक्त भएका छन् । विगत १५ दिनदेखि होम आइसोलेसनमा रहेका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उनीहरूको स्वाब सङ्कलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

बुधवार गरिएको परीक्षणमा उनमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम सुरु गरेको थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताए । चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोका मगरले पनि कोरोना मुक्त भए लगत्तै उनी मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिए ।

ranechhap