वि.सं.२०८३ जेठ ३० शनिवार

साउदी अरबले भारतका प्रवासी कामदारमाथि लागेको यात्रा प्रतिबन्ध हटायो

khanepani

एजेन्सी । साउदी अरबले मंगलबार २० देशमा प्रवासी कामदारमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोभिड–१९ को संक्रमण रोक्नका लागि साउदी अरबले फेब्रुअरी महिनामा यो प्रतिबन्ध लगाएको थियो । जुन २० देशमा प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, त्यसमा भारत पनि समावेश छ ।

साउदी अरबको गृहमन्त्रालयका अनुसार जुन २० देशका प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, उनीहरु अब साउदी अरब जान सक्ने तर यसका लागि कोभिड भ्याक्सिनको दुबै डोज लगाउनुपर्छ ।

साउदी अरबले जुन २० देशको यात्रा प्रतिबन्ध हटायो ती हुन् – यूएई, लेबनान, इजिप्ट, भारत, अर्जेन्टिना, जर्मनी, अमेरिका, इन्डोनेशिया, आयरल्याण्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्चुगल, बेलायत, टर्की, दक्षिण अफ्रिका, स्वीडन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् ।

साउदी अरबले दुई फेब्रुअरीमा यी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यद्यपि, यो प्रतिबन्धमा कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनका परिवारका सदस्य समावेश थिएनन् । जुलाई महिनामा साउदीको गृह मन्त्रालयले आफ्ना नागरिकलाई कोभिड यात्राको दिशानिर्देश तोड्नेहरुमाथि तीन वर्षको यात्रा प्रतिबन्ध लगाइने बताएको थियो ।

साउदीका नागरिकमाथि पनि यी देशले यात्रा प्रतिबन्ध लगाएको थियो । साउदीले एक अगस्टदेखि कोभिड भ्याक्सिन लगाएका पर्यटकका लागि सीमा खोलेको थियो ।

ranechhap