वि.सं.२०८३ वैशाख २० आइतवार

सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो

khanepani

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो ।
गत आइतबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य समेत सोमबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

ranechhap