काठमाडौं । काठमाडौं नेपालको राजधानी हो । संघिय सरकारको मुख्य प्रशासकिय ठाँउ पनि काठमाडौं नै हो । यहि राजधानीमा नेपालका निजामति कर्मचारीहरुको लागि चिनियाँ सरकारको सहयोगमा एउटा अस्पताल बनेको छ । यहि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई यहि राजधानीका मानिसहरुले अभद्र व्यवहार गरेका छन ।
नयॉ बानेश्वरको सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई उनीहरू बस्ने होस्टेलमा बस्नबाट रोक्न खोजेर अमानवीय अवरोध सृजना गर्दै स्थानीयहरूले उनीहरुको होस्टेल अगाडि नारावासी गरेका छन ।







































