वि.सं.२०८३ जेठ ३१ आइतवार

वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन

khanepani

काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए ।

‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका छौं । नेपालीको अवस्थाबारे भोलि उनीहरुसंग छलफल हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने ।

अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने भट्टराईको भनाइ छ । अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुन थालेसँगै विद्रोही संगठन तालिबानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ ।

सरकारी सुरक्षाकर्मीसँग तालिवानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।

ranechhap