वि.सं.२०८३ वैशाख १८ शुक्रवार

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु, बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितसहित नेपालमा १३३ जनाको मृत्यु

khanepani

दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।

उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।

ranechhap