वि.सं.२०८३ वैशाख १९ शनिवार

काठमाडौं उपत्यकामा ‘तपाईको मास्क खै?’ अभियान शुरु

khanepani

काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो ।

उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्युटीको समयमा अनिवार्य उक्त रिबन प्रयोगमा ल्याउन समेत निर्देशन दिएको महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

ranechhap