वि.सं.२०८३ वैशाख २१ सोमवार

अघिल्लो सरकारको पालमा शाेधनान्तर घाटा थप १ खर्ब ४३ अर्ब : अर्थमन्त्री

khanepani

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालमा थप १ खर्ब ४३ अर्ब रुपैयाँ शाेधनान्तर घाटा बढेको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

झण्डै दुईतिहाई बहुमतसहित सत्तारोहण गरेको अघिल्लो केपी ओली सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकको ४८ अर्ब घाटा रहेको देखाए पनि सो गत आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए ।

हालसम्मको सञ्चिति कोषबाट समेत पूर्ति गर्दा समेत अझैँ १ खर्ब ४३ अर्ब अपुग देखिने अर्थमन्त्री शर्माले बताए ।

ranechhap