वि.सं.२०८३ भदौ ८ सोमवार

बार्सिलोना आयोजना गरेको बिदाइ कार्यक्रममा मेसी भक्कानिए

khanepani

काठमाडौं । स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन् ।
बार्सिलोना आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिए। उनले बार्सिलोनाबाट आफूले कसरी विदा भन्नु पर्छ कहिल्यै नसोचेको बताए।

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सके पछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।
सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए।

कार्यक्रममा दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए।
केहीबेरमा हलभित्र उपस्थितहरूले उठेर मेसीलाई सम्मान गरेका थिए।

यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो।

ranechhap