वि.सं.२०८२ माघ ३ शनिवार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा

khanepani

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

‘सवारीसाधनलाई पक्राउ गरी मानिसहरूलाई फर्काइएको छ,’ महाशाखा प्रवक्ता वामदेव गौतमले भने।

पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने गौतमले बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको जनाएको छ।

पटक-पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढेपछि प्रशासनले उपत्यकालाई सुरक्षित राख्न निषेधाज्ञा जारी गरेको हो।