काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ ।
आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।








































