वि.सं.२०८३ वैशाख १९ शनिवार

गायक नविन के भट्टराइकाे ‘संझिरहन्छु’ बोलको गीत सार्वजनिक

khanepani

काठमाडौं । गायक नविन के भट्टराइको स्वरको फ्यान हजारौं छन् । तर, पछिल्लो समय नविनको स्वरमा कमै मात्र गीत सुन्न पाइन्छ ।

उनै, नविनले २ वर्षपछि ‘संझिरहन्छु’ बोलको गीत सार्वजनिक गरेका छन् ।

नविनकै शब्द तथा संगीतमा तयार यो गीतले प्रेमिकाको यादमा पर्खिरहेको एक प्रेमीको कथा भन्छ ।

भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् ।

सौरभ लामाको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ । भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् ।

ranechhap