वि.सं.२०८३ वैशाख २१ सोमवार

भारतीय पहलवान रवि दहिया र दीपक पुनियाले आ–आफ्नो इभेन्टमा सेमिफाइनल

khanepani

काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत भारतीय पहलवान रवि दहिया र दीपक पुनियाले आ–आफ्नो इभेन्टमा सेमिफाइनल यात्रा गरेका छन् । कुस्तीको ५७ केजी तोलसमूहमा रवि दहिया र ८६ केजी तौलसमूहमा दीपक पुनिया सेमिफाइनल पुगेका हुन् । रविले बुल्गेरियाका पहलमानलाई हराए भने दीपकले चीनका पहलमानलाई हराए ।

ओलम्पिकमा कुस्ती खेल भारतका लागि सधैं विशेष रहँदै आएको छ । भारतले विगतमा कुस्तीमा पाँचवटा पदक जितेको छ । २००८ यता हरेक संस्करणमा कुनै न कुनै पदक जितेको छ । केडी जावधले १९५२, सुशिल कुमारले २००८ र २०१२, योगेश्वर दत्तले २०१२ तथा साक्षी मलिकले २०१६ मा भारतलाई कुस्तीमा पदक जिताएका थिए ।

नीरज चोपडा फाइनलमा । यसैगरी ज्याभलिन थ्रोमा निरज चोपडा फाइनलमा छनोट भएका छन् । त्यसैगरी बक्सर लवलिना बोरेगोहेनले आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछिन् । महिला हक्की टिमले पनि आज सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ ।

ranechhap