वि.सं.२०८३ वैशाख १८ शुक्रवार

तालिबानले गर्‍यो प्रमुख शहरमा हमला, अफगानिस्तानमा लडाईं थप तेज

khanepani

काठमाडौं । अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ ।

तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ ।
एक अस्पतालका डाक्टरले भने, ‘यहाँ चारैतिर लडाईं चलिरहेको छ । ’

हेलमन्द प्रान्त पहिलादेखि नै अमेरिकी–बेलायती सेनाको अभियानको केन्द्र थियो, यस्तोमा यदि यसको राजधानी लश्कर गाहमा तालिबानको कब्जा भएको खण्डमा यो अफगानिस्तान सरकारका लागि निकै ठूलो झट्का हुनेछ ।

यदि लश्कर गाह तालिबानको नियन्त्रणमा आउँछ भने सन् २०१६ पछि यो तालिबानको कब्जामा आउने कुनै प्रान्तको पहिलो राजधानी शहर हुनेछ ।

रेडियो र टिभी च्यानलको काम बन्दः

यसअघि सोमबार अफगानिस्तानको सूचना र प्रसारण मन्त्रालयले हेलमन्दमा ११ रेडियो र टिभी च्यानलले तालिबानको ‘हमला’ र ‘धम्की’ का कारण काम गर्न बन्द गरेको छ ।

सेप्टेम्बरसम्म करिब सबै विदेशी सैनिकले उक्त इलाका छोड्ने घोषणा भएदेखि तालिबानले ग्रामिण इलाकामा तीब्र रुपमा आफ्नो कब्जा बढाइरहेको छ ।
अब हमलाको मार झेलिरहेका यी प्रमुख शहरको भाग्य महत्वपूर्ण मोडमा खडा छ । मानवीय संकटको डरका साथै सरकारी सुरक्षाबल आखिर कहिलेसम्म टिक्न सक्ला भन्ने आशंका पनि छ ।

ranechhap