वि.सं.२०८३ वैशाख १७ बिहीवार

तीन सहसचिव राजदूतमा सिफारिस

khanepani

काठमाडौं । काठमाडौं । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेको एक मन्त्रीले बताए।

स्रोतका अनुसार खड्कालाई जर्मनी, अधिकारीलाई पाकिस्तान र राजभण्डारीलाई बेल्जियमको राजदूतमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

उनीहरू तीनै जना करियरतर्फबाट राजदूतमा सिफारिस भएका हुन्। राजनीतिक कोटाबाट राजदूत हुनेहरूको भने अझै टुंगो लागेको छैन।

अहिले दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकालगायत देशमा राजदुत रिक्त छन्।

अमेरिकाका लागि नेपालीराजदूत अर्जुन कार्कीको पनि ४ वर्षे कार्यकाल १ वर्षअघि पूरा भए पनि उनलाई अर्को निर्णय नहुँदासम्मको लागि राजदूत कायम राखिएको छ।

ranechhap