वि.सं.२०८३ असार १४ आइतवार

वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै गरे प्रदर्शन

khanepani

काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै प्रदर्शन गरेका छन् ।

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।

आफूहरुले प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग रोकिएको भत्ता माग्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी पनि गरेका छन् ।

कर्मचारीको प्रदर्शनका कारण वीर अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

ranechhap