18, May, 2024

भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

Bagmati Voice
संवाददाता
१७ श्रावण २०७८, आईतवार १४:०२ | २ साल अगाडी

बाँके । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१७ श्रावण २०७८, आईतवार १४:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading