वि.सं.२०८२ माघ ३ शनिवार

पर्सामा ७ प्रहरीसहित ६६ जनामा कोरोना

khanepani

विरगञ्ज । पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरी हुन्।

संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन्। बहुदरमाई नगरपालिका-४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन्। कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, वीरगन्ज महानगरपालिका(१० मुर्ति चोकका ८ जना, छपकैयाका ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढका एक र कलैया(६ का एकजनामन संक्रमण देखिएको छ।