16, May, 2024

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

Bagmati Voice
संवाददाता
२ भाद्र २०७७, मंगलवार १०:०५ | ३ साल अगाडी

पोखरा । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’

अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।

२ भाद्र २०७७, मंगलवार १०:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading