वि.सं.२०८१ माघ २८ सोमवार

लागूऔषध कारोबारमा ललितपुर परिसरका प्रहरी निरीक्षक नियन्त्रणमा

काठमाडौं । लागूऔषध कारोबार संलग्नको आशंकामा ललितपुरका प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिइएको छ।

लागूऔषध नियन्त्रण ब्युरोले महानगरीय प्रहरी परिसर, ललितपुरका एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो।

बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए।

‘हामीले हिजोदेखि केही सदस्य गठन गरी अपरेसन थालेका हौं,’उनले भने,’त्यसैको अनुसन्धान गर्नका लागि ललितपुरका एक प्रहरी निरीक्षकलाई पनि हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौं।’

उनले ती प्रहरी निरीक्षक को हुन् भन्ने बारेमा अनुसन्धान सकिसकेपछि मात्रै जानकारी दिने बताए।

‘अहिले हामी अनुसन्धानकै क्रममा छौं। यससम्बन्धी अनुसन्धान सकिएपछि सबै सार्वजनिक गर्नेछौं,’उनले भने।

Untitled