19, May, 2024

बर्मुडाकी फ्लोरा डफीले ओलम्पिकमा आफ्नो देशको लागि पहिलो स्वर्ण जितिन्

Bagmati Voice
संवाददाता
१२ श्रावण २०७८, मंगलवार १३:२४ | २ साल अगाडी

काठमाडौं । बर्मुडाकी फ्लोरा डफीले ओलम्पिकमा आफ्नो देशको लागि पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिकमा डफीले मंगलबार ट्रायथलनमा ऐतिहासिक स्वर्ण जितेकी हुन् ।

ट्रायथलनमा दुई पटककी वर्ल्ड च्याम्पियन ३३ वर्षीय डफीले १.५ किमी पौडी, ४० किमी बाइक राइड र १० किमी दौडको दूरी १ घण्टा ५५ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै पहिलो ओलम्पिक स्वर्ण जितिन् । डफीले २०१६ र २०१७ मा वर्ल्ड च्याम्पियन बनेकी थिइन् ।

ओलम्पिक स्वर्ण जितेकपछि डफीले आफ्नो सपना पूरा भएको बताइन् । उनले भनिन्, ‘मेले स्वर्ण जित्ने मेरो सपना पूरा गरे । तर बर्मुडाको लागि पहिलो स्वर्ण जित्ने सपना पनि पूरा भयो ।’

ओडाईबा मारिन पार्कमा भएको इभेन्टमा २०२० की वर्ल्ड च्याम्पियन ग्रेट ब्रिटेनकी टेलर ब्राउन १ घण्टा ५६ मिनेट ५० सेकेण्ड टाइमिङ सहित रजत जित्न सफल भइन् । यस्तै २०१९ को वर्ल्ड च्याम्पियन अमेरिकन जाफेरस केटीइले १ घण्टा ५७ मिनेट ०३ सेकेण्ड समयमा दूरी पूरा गर्दै कास्य जितिन् ।

१२ श्रावण २०७८, मंगलवार १३:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading