वि.सं.२०८३ भदौ ३ बुधवार

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा

khanepani

काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो ।

नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए ।

‘बजारमा नयाँ उत्साह छाएको छ, नेप्सेले नयाँ रेकर्ड बनायो,’ अध्यक्ष रौनीयारले भने । दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि निकै उत्साह देखिएको उनले बताए ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर मूल्य बढेको थियो । आज बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्यो ।

कुल २२३ कम्पनीको चार करोड ४१ लाख कित्ता सेयर १४ हजार ६७० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब ३० करोड २३ लाख भन्दा धेरै रहृयो ।

आइतबार १३६ कम्पनीको सेयर मूल्य बढेको बढ्दा ९ वटा कम्पनीका सेयर सर्किट लेबलमा कारोबार भएको थियो ।

ranechhap