वि.सं.२०८३ भदौ २ मंगलवार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरबारे पाकिस्तानको घोषित नीतिभन्दा फरक अभिव्यक्ति

khanepani

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरबारे पाकिस्तानको घोषित नीतिभन्दा फरक अभिव्यक्ति दिँदै कश्मीरका जनतालाई कश्मीर पाकिस्तानमै सामेल हुने वा स्वतन्त्र हुने अधिकार दिने बताएका छन् ।

२५ जुलाईमा हुने चुनावअघि पाकिस्तान प्रशासित कश्मीरको तरार खाल क्षेत्रमा एक चुनावी सभालाई सम्बोधन गर्दै इमरान खानले विपक्षका एक नेताको दाबीलाई पनि खण्डन गरे जसमा उनले सरकारले कश्मीरलाई पाकिस्तानको प्रान्त बनाउने योजनामा काम गरिरहेको दाबी गरेका थिए ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) की नेता मरियम नवाजले १८ जुलाईमा पीओके एक चुनावी सभालाई सम्बोधन गर्दै कश्मीरको स्थिति बदल्न त्यसलाई एक प्रान्त बनाउने निर्णय लिइएको बताएकी थिइन् । इमरानले त्यसको खण्डन गर्दै भने, ‘मलाई थाहा छैन कहाँबाट यस्तो कुरा आयो ।’

इमरान खानले आफ्नो सम्बोधनमा एक दिन कश्मीरीहरूले राष्ट्र सङ्घको प्रस्तावअनुरूप आफ्नो भविष्य तय गर्ने अनुमति हुने जिकिर गरेका थिए । उनले कश्मीरीहरू पाकिस्तानमा नै रहने फैसला गर्ने पनि उनले आशा व्यक्त गरे ।

ranechhap