19, May, 2024

कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

Bagmati Voice
संवाददाता
६ श्रावण २०७८, बुधबार १६:५२ | २ साल अगाडी

कैलाली । कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा पिसिआर परीक्षण बाट ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा १२२ नमुनाको पिसिआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने ३ जना नयाँ भर्ना भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । हालसम्म अस्पतालमा १८२ जनाको मृत्यु भएको उनले बताए ।

आज मात्रै निको २ र आइसियुमा २ जना रहेको अस्पतालले जनाएको छ ।

६ श्रावण २०७८, बुधबार १६:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading