वि.सं.२०८३ जेठ ६ बुधवार

लिदी पहिरोमा परेका ११ को सनाखत, ५ घाइतेको उपचार हुँदै

khanepani

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेर मृत्यु भएकाहरूको सनाखत भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार चार महिनाको बालकसहित पहिरोमा परेर ११ जनाको मृत्यु पुष्टि भएको छ।

शुक्रबार गएको पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको हो।

उनीहरूमध्ये केहि एकै परिवारका सदस्य हुन्।

लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएको थियो। ३९ जना बेपत्ता थिए। तीमध्ये ११ जनाको मृत्यु भएको हो। शव सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ताको खोजि जारी छ।

पहिरोमा परी घाइते जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

ranechhap